काठमाडौं। काठमाडौंको बौद्धमा रहेको समता अस्पतालमा कार्यरत सरसफाई कर्मचारी विमला तामाङको रहस्यमय मृत्युको विषयलाई लिएर प्रहरीले अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नीसहित तीन जनालाई पक्राउ गरी हिरासतमा राखेकाे छ ।
बुधबार प्रहरीले सञ्जेल पत्नी कला अधिकारी सञ्जेल, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसीलाई प्रहरीले हिरासतमा राखेकाे हो । उनीहरुमाथि वृत गौशालाबाट अभद्र व्यवहारमा पाँच दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अस्पतालको शौचालयमा तामाङ झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
तामाङका आफन्तले अस्पताल प्रशासन र कर्मचारीको मिलेमतोमा हत्या भएको भन्दै अस्पताल तोडफोड समेत गरेका थिए । आफन्तको प्रर्दशन चर्किँदै गएपछि अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले विमलाको गोजीबाट तीन जनाको नाम लेखिएको कागजको टुक्रासमेत भेटाएको थियो । कागजमा तीर्थ र संगीताको नाम अंग्रेजी अक्षरमा लेखिएको थियो भने तेस्रो अक्षर ‘म्याम’थियो । त्यही कागजको आधारमा उनीहरुमाथि अनुसन्धान सुरू गरिएको हो ।



लाेकपाटी न्यूज
