प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ : विजय गच्छदार

Bijaya gachchhadar
लाेकपाटी न्यूज

काठमाडौं, ५ असार । प्रमूख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् ।

विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै गच्छदारले विधेयक फिर्ता लिनु बहादुरी नभएको भन्दै गलत विधेयक ल्याएकोमा नैतिकताका आधारमा राजीनामा दिन तयार हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘मन्त्रीसँग मात्र छलफल गरेर हुन्छ ? सरोकारवाला, विपक्षीसँग छलफल परामर्श गर्नु पर्दैन ? यतिकै भनिदिने गुठी विधेयक ल्यायौं, फिर्ता गर्यौं । फिर्ता गर्नु बहादुरी होइन । गल्ती विधेयक ल्याएकोमा, संविधान विरोधी विधेयक ल्याएको प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ, राजीनामा दिन पनि तयार हुनुपर्छ ।’

गच्छदारले सरकारले अधिनायकवाद र सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए । उनले भने, ‘संविधान साझा दस्तावेज हो । यसलाई कमजोर गर्ने अधिकार कसले दिएको छ प्रधानमन्त्रीलाई ? जनताले आन्दोलन गरेपछि सरकारले गुठी विधेयक फिर्ता लियो । विधेयक ल्याउनु अगाडि त्यसबारे गृहकार्य गर्नु पथ्र्यो कि पर्दैनथ्यो ?’ उनले प्रश्न गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्