काठमाडौं। अस्ट्रेलियाको संसदमा नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता युवराज चौलागाईं अतिथि भएर बजेट अधिवेशनमा सहभागी भएका छन्।
अस्ट्रेलियाको भ्रमणमा रहेका युवा नेता चौलागाईं दक्षिण अष्ट्रेलियाको राजधानी एडिलेडको चालु संसदको बजेट अधिवेशनमा नेपालका तर्फबाट अतिथिका रुपमा सहभागी भएका हुन्। चौलागाईंले अतिथि भएर संसदको बजेट अधिवेशनको अवलोकन गरेका हुन्।
सो अवसरमा नेता चौलागाईंले संसदको माथिल्लो सदनका नेता तथा पूर्व सभामुख एवं अष्ट्रेलियन लेबर पार्टीका नेता माननीय रसेल वर्टलीसँग भेटघाट र कुराकानी गरेका थिए।
बिहीबार दिउँसो चौलागाईं अधिवेशनमा सहभागी भएका हुन्। उनी नेकपाको एकतापूर्व पूर्वमाओवादीमा विदेश विभाग सचिवको जिम्मेवारीमा थिए। चौलागाईं अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिका क्षेत्रमा विज्ञ मानिन्छन्।



लाेकपाटी न्यूज

