प्रधानमन्त्री स्वेच्छाचारी हुन पाउँदैनन् : गच्छदार

Bijy kumar Gachhadar
लाेकपाटी न्यूज

काठमाडौं, ५ असार । नेपाली कांग्रेस, संसदीय दलका उपनेता विजयकुमार गच्छदारले गलत विधेयक ल्याएकोमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन्।

विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै गच्छदारले विधेयक फिर्ता लिनु बहादुरी नभएको बताए। उनले भने, ‘संविधान साझा दस्ताबेज हो। यसलाई कमजोर गर्ने अधिकार कसले दिएको छ प्रधानमन्त्रीलाई।’ संविधानको मर्म र भावना विपरित विधेयकहरु ल्याउन खोजिएको भन्दै उनले प्रधानमन्त्री स्वेच्छाचारी हुन नपाउने बताए।

उनले अघि भने, ‘जनताले आन्दोलन गरेपछि सरकारले गुठी विधेयक फिर्ता लियो। विधेयक ल्याउनु अगाडि त्यसबारे गृहकार्य गर्नुपथ्र्यो कि पर्दैनथ्यो ?’ सरोकारबाला, विपक्षीसँग छलफल परामर्श नभएको भन्दै उनले भने, यतिकै भनिदिने गुठी विधेयक ल्यायौं, फिर्ता र्गयौं। फिर्ता गर्नु बहादुरी होइन। गल्ती विधेयक ल्याएकोमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ, राजीनामा दिन पनि तयार हुनुपर्छ।’ यद्यपि दुई तिहाई बहुमत भएको प्रधानमन्त्रीको राजीनामा नमाग्ने उनले बताए।

कांग्रेस संसदीय दलका उपनेता गच्छदारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुठित गर्ने विधेयक किन ल्याउपर्‍यो भन्ने प्रश्न गरे। उनले राष्ट्रिय मानवअधिकार आयोग सम्बन्धी विधेयकको पनि विरोध गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्