मन्त्रिपरिषदकाे नियमित पत्रकार सम्मेलन स्थगित

cabinet-pm-office-1
लाेकपाटी न्यूज

काठमाडौं, ५ असार । सरकारले एक हप्ता भरी गरेका निर्णय सुनाउन आयोजना गर्ने नियमित पत्रकार सम्मेलन आज नहुने भएको छ ।

यो हप्ता मन्त्रिपरिषदको कुनै बैठक नबसेका कारण सरकारले साप्ताहिक रुपमा गर्ने पत्रकार सम्मेलन स्थगित भएको सरकारका प्रवक्तासमेत रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमा नियमित पत्रकार सम्मेलन नहुने जानकारी गराउँदै लेखेका छन्, ‘गत साता मन्त्रिपरिषद बैठक नबसेकाले प्रत्येक बिहीबार हुँदै आएको पत्रकार सम्मेलन आज स्थगित भएको सबैमा जानकारी गराउँदछु ।’

सरकारका विषयमा उठेका प्रश्नको जवाफसहित सरकारले गरेका निर्णय सार्वजनिक गर्न र सञ्चारकर्मीले उठाएका सवालको उत्तर दिन प्रत्येक हप्ता बिहीबार सरकारले पत्रकार सम्मेलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्