काठमाडौं, ४ असार । भारतमा पहिलो पटक लोकसभा सदस्यले नेपाली भाषामा सपथ लिएका छन्। भारतको लोकसभाका एक सदस्यले नेपाली भाषामा सपथ लिएका हुन्।
लोकसभा सदस्यहरुको सपथग्रहणको दोस्रो दिन मंगलबार सिक्किमका लोकसभा सदस्य इन्द्रहाङ सुब्बाले नेपाली भाषाम सपथ लिएका छन्। लोकसभामा कसैले संस्कृत भाषामा, कसैले हिन्दी त कसैले अँग्रेजीमा सपथ लिए पनि आजसम्म नेपाली भाषामा कसैले पनि सपथ नलिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
भारतको दार्जिलिङबाट प्रकाशित हुने पत्रिका द दार्जिलिङ क्रोनिकलले नेपाली भाषामा सपथ लिने उनी पहिलो लोकसभा सदस्य रहेको उल्लेख गरेको छ। सपथको पहिलो दिन संस्कृत भाषामा मात्रै १७ जना सांसदहरुले सपथ लिएका थिए। अधिकांश सांसदहरुले हिन्दी भाषामा सपथ लिएका छन्।



लाेकपाटी न्यूज

