पुनः आयो इटहरीका मेयर द्वारिकलालको यस्तो अभिव्यक्ति (भिडियो)

dwariklal choudhari
लाेकपाटी न्यूज

इटहरी, ४ असार। इटहरीका मेयर द्वारिकलाल चौधरीले एक कार्यक्रममा दिएको अभिव्यक्तिले महिलाहरुले अप्ठ्यारो महशुस गरेका छन्। सुनसरीको इटहरीस्थित लविपुर क्षेत्रमा बढ्दो वेश्यावृत्ति रोक्न दबाब सिर्जना गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पुगेका मेयर चौधरीले ‘रण्डी जिन्दाबाद’ भन्ने शब्दलाई बारम्बार दोहोर्याएपछि कार्यक्रममा उपस्थितले अप्ठयारो महशुस गरेका हुन।

मेयरको घरमा बेश्यावृत्ती भनेर केही पत्रकारले दिएको अभिव्यक्तिको आलोचनाबाट भाषण सुरु गरेका उनले सो क्षेत्रमा वेश्यावृत्तीले नराम्रो प्रभाव पारेको बताए। होटलका लागि भाडामा दिएको आफ्नो घरमा होटल सञ्चालकले यौनजन्य गतिविधि गराएको थाहा पाएपछि आफूले होटलको बोर्ड नै फ्याँकिदिएको उनले बताए।

त्यहाँका होटलमा हुने यौन गतिविधिका कारण व्यापार चल्ने गरेको उनको आरोप छ। उनले बारम्बार सो शब्द उच्चारण गर्दै जिन्दावाद भनेपछि त्यहाँ रहेका महिलाहरुले भने अफ्ठेरो मानेका थिए।

कार्यक्रममा बोल्दै स्थानीयले प्रहरीको भूमिका प्रभावकारी नभएकोमा गुनासो गरेका थिए। यस्तै प्रदेश सांसद लिलम बस्नेतले यौन व्यवशायलाई संघीय सरकारले कानून बनाएर बैद्यता दिनुपर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्