ओली-प्रचण्ड छलफल सकियो, के भयो निर्णय ?

Prachanda-Oli.jpg01
लाेकपाटी न्यूज

काठमाडौं, ४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमणलगायतका व्यस्तताका कारण पटक–पटक स्थगित हुंदै आएको सचिवालय बैठक शुक्रबार बस्न लागेको हो।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा बुधबार भएको द्धिपक्षीय छलफलले सचिवालयको बैठक र प्रतिवेदन टुंगो लगाउने कुरा तय गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। नेकपाको एकता भएको १ वर्ष १ महिना बितिसक्दा पनि पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन पारित भएर अझै छापिएको छैन।

विधान र प्रतिवेदन बनाउन गठित एकता कार्यदलले काम गरेर सर्वसम्मत ढंगले प्रतिवेदन बुझाए पनि जनताको बहुदलीय जनवाद, जनयुद्ध जस्ता विषयलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा प्रधानमन्त्री ओली र उनी निकटका नेताहरुले चित्त नबुझाउदा प्रतिवेदन छापिन नसकेको पूर्व माओवादी निकट नेताहरूले बताउन गरेका थिए। सचिवालयले प्रतिवेदन पारित गरेर त्यसपछि पार्टीले आधिकारीक रुपमा छाप्ने र पार्टी संचालनको तत्कालिन कार्यदिशा तय हुने नेकपाका नेताहरुले बताएका छन्।