राष्ट्रपतिको दोस्रो कार्यकालका लागि ट्रम्पले गरे चुनावी अभियानको घोषणा

Donald Trump
लाेकपाटी न्यूज

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० मा अमेरिकामा हुने राष्ट्रपतिय निर्वाचनको लागि चुनावी अभियानको घोषणा गरेका छन्। मंगलबार फ्लोरिडामा हजारौँ समर्थकहरुको भेला माझ ट्रम्पले चुनावी प्रचारको औपचारिक घोषणा गरेका हुन्।

समर्थकलाई सम्बोधन गर्ने क्रममा उनले फ्लोरिडालाई आफ्नो दोस्रो घर बताउँदै विपक्षी डेमोक्रेटले देशलाई ‘विभाजन’ गर्न उद्दत रहेको आरोप पनि लगाए। सुरुवाती मतसर्वेक्षणमा ट्रम्प केही सम्भावित डेमोक्रेट प्रत्यासीभन्दा पछाडि देखिएका छन्।

‘हामीले अमेरिकालाई महान् बनाइ राख्नुपर्छ। आज म तपाईंका अघि अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालको लागि चुनावी अभियान औपचारिक रुपमा सुरु गर्दैछाैं,’ फ्लोरिडा राज्यको ओर्लाण्डो सहरमा भएको भेलालाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘तपाईंले अहिलेकै प्रशासनको टिमलाई कायम राख्न सघाउनु भयो भने आगामी दिन धेरै काम गरिनेछ। यस प्रशासन अन्तर्गत जति हाम्रो देशको भविष्य कहिले सुन्दर र चहकिलो देखिएको थिएन।’

सम्बोधनमा ट्रम्पले अवैध आप्रवासीहरुमाथि कडाई गरिने उनको पुरानो वाचा पुनः दोहोर्याए। ट्रम्पले सन् २०१६ मा आप्रवासीको विरोधलाई प्रमुख मुद्दा बनाएका थिए। फ्लोरिडा अमेरिकाको राष्ट्रपति निर्णायक हुने थोरै राज्यमध्येमा पर्छ। सन् २०१६ मा ट्रम्पले थोरै मतले यस राज्यबाट जित हासिल गरेका थिए।