काठमाडौं, ४ असार । केरुङ रेलमार्ग निर्माणका विषयमा छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीको नेतृत्वको टोली चीन पुगेको छ। नेपाली टोली सोमबार चीन पुगेको हो।
काठमाडौंबाट छन्दू गएको नेपाली टोली छन्दूबाट चीनको सान्तोङ प्रान्तमा पर्ने पर्यटकीय स्थल छिन्तावो पुगेको छ।
छिन्तावोबाट बुधबार अपराह्न नेपाली टोली बेइजिङ पुग्नेछ।
शुक्रबार चीनियाँ पक्षसँग दुईपक्षीय बैठक बस्ने पूर्व कार्यतालिकामा केही हेरफेर भएर बिहीबार चीनियाँ पक्षसँग बैठक रहेको बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर सुशीलकुमार लम्सालले बताए। यो समाचार आजको नागरिक दैनिकमा चेतनाथ आचार्यले लेखेका छन्।



लाेकपाटी न्यूज

