कर्मचारीले आत्महत्या गरेपछि समता अस्पतालका सञ्चालक सञ्जेल पत्नीसहित पक्राउ

samata aspatal
लाेकपाटी न्यूज

काठमाडौं, ३ असार। काठमाडोंको कुमारीगालस्थित समता अस्पतालमा एक महिला कर्मचारी झुण्डिएको अवस्थामा मृत फेला परेपछि उनको खल्तीमा रहेको चिठ्ठीलाई आधार मान्दै सञ्चालक उत्तम सञ्जेल र उनकी पत्नीसहित ४ जना पक्राउ परेका छन्।

समता अस्पताल भित्रै झुण्डिएको अवस्थामा फेला परेको शवको खल्तीमा रहेको चिटलाई आधार बनाउँदै प्रहरीले सञ्चालक उत्तम सञ्जेल र उनकी पत्नीसहित ४ जनालाई पक्राउ गरेको हो। सस्तोमा शिक्षा र उपचारसमेत गर्ने भन्दै सक्रिय रहेका सञ्जेल सुसाइट नोटका आधारमा परेका हुन्। उत्तम सञ्जेलसँगै उनकी पत्नी र दुई अन्य अफिसका स्टाफलाई प्रहरीले समातेको हो।

आज बिहान अस्पताल परिसरभित्र रामेछाप दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङ झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी मल्लले सञ्चालक सञ्जेल, उनकी पत्नी र अन्य दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्