“ को पहिले बोल्ने भन्दै संसद बैठक अवरुद्ध गर्नु अशोभनीय ” : बाबुराम भट्टराई

Baburam-Bhattarai-2
लाेकपाटी न्यूज

काठमाडौं, ३ असार । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार संसदमा भएको अवरोधको बिरोध गरेका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत कांग्रेस प्रधानमन्त्रीभन्दा पहिले बोल्ने भन्दै संसद अवरुद्ध पारेपछि बाबुरामले आपत्ति जनाएका हुन्। उनले ट्वीटरमा को पहिला बोल्ने भन्ने मुद्धामा अमुल्य समय खेर फालेको अशोभनिय भएको उल्लेख गरेका छन्।

उनले लेखेका लेखेका छन् “संसदमा को पहिले बोल्ने भन्ने मुद्दामा गलफल्ती गरेर अमूल्य समय र श्रोत खेर फाल्नु शोभनीय भएन !गुठी,लोकसेवा विज्ञापन,प्रेस काउन्सिल,भ्रष्टाचार,शिक्षा,स्वास्थ्य,बजेट विनियोजनलगायत अनगिन्ति जनसरोकारका विषयमा छलफल गरेर समाधान खोज्ने थलो संसद गैरजिम्मेदार र निष्प्रभावी नबनोस”।

प्रधानमन्त्रीले मंगलबार प्रतिनिधीसभा बैठकमा आफनो युरोप भ्रमण र पछिल्लो बिवादित मुद्धाका बारेमा सम्बोधन गर्ने कार्यक्रम थियो तर, कांग्रेसले प्रधानमन्त्रीको सम्बोधन नै स्थगित हुने गरी रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि बैठक स्थगित भएको हो। सोको बारेमा प्रधानमन्त्रीले आज मंगलबार साँझ ५ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्