अनेरास्ववियुका ११ नेता प्रहरीको नियन्त्रणमा

Annfsu student akhil flag
लाेकपाटी न्यूज

काठमाडौं, ३ असार । प्रहरीले अनेरास्ववियुका झण्डै एक दर्जन नेताहरुलाई गिरफ्तार गरेको छ । मध्यपश्चिमाञ्चल विश्व विद्यालयको नवौ वार्षिकोत्सवका अवसरमा भएको कार्यक्रममा नीजि कलेजको प्रायोजनमा छापिएको टिर्शट वितरण गरिएको भन्दै विद्यार्थीहरुले विरोध गरेका थिए ।

विद्यार्थीहरुले उठाएका माग सम्बोधन गर्नुको साटो विश्ववविद्यालय प्रशासनले धरपकड र गिरफ्तार गरेको अनेरास्ववियुका संयोजक ऐन महरले बताए । प्रहरीले विद्यार्थी नेताहरु अमरराज शाही, धुपेन्द्र शाही, तिर्सना हमाल, नवीन योगी, गणेश शाही,  राजन केसी, महेन्द्रकुमार थापा, ममता अधिकारी, सरोज न्यौपाने, बसन्त बस्नेत, न्युटन वलीलाई नियन्त्रणमा लिएको उनले बताए ।

सहसंयोजक रञ्जित तामाङले गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई अविलम्ब रिहाइको माग गर्दै उत्पन्न समस्या तत्काल समाधान गर्नुपर्ने बताए । महर र तामाङले मंगलबार एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयको कार्यक्रममा निजी कलेजको प्रायोजनमा छापिएको टिसर्ट विश्वविद्यालय स्वयंले वितरण सर्वथा गलत भन्दै अमुक कलेजको स्वार्थमा विश्वविद्यालय फस्न खोजेको त होइन भनेर प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्