अस्पतालमै गाेली हानाहान, ५ काे मृत्यु

लाेकपाटी न्यूज

काठमाडौं, ३ असार । अस्पतालमा गाेली हानाहान हुँदा ५ जनाकाे मृत्यु भएकाे छ। पाकिस्तानको पञ्जाब प्रान्तस्थित एक अस्पतालभित्र २ समूहबीच भएको झडपमा ५ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा सो घटना भएको हो । सोमबार अबेर राति जिल्ला अस्पतालमा २ समूहबीच विवाद चलेको थियो । विवादले उग्र रुप लिँदा २ समूहका सदस्यबीच गोली हानाहान हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

गोली हानाहानमा घाइते भएका १ व्यक्तिको उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या ५ पुगेको स्थानीय प्रहरीले जनाएको छ । झडपमा ७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ३ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ । –एजेन्सी