काठमाडौं, ३ असार । संसदमा बाेल्न नपाएकाे प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ विशेष पत्रकार सम्मेलन बोलाएका छन् । प्रमूख प्रतिपक्षाी दलले विराेध गरेपछि उनले संसदमा बाेल्न नपाएका हुन्।
संसदमा बाेल्न नपाएका उनले समसामयिक विषयमा आफ्ना धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन बोलाएकाे जनाइएकाे छ । प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमण र गुठी विधेयकसँग सम्बन्धित विरोधबारे आफ्नो धारणा राख्न आज संसदमा बोल्ने समय लिएका थिए । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण उनले संसदलाई सम्बोधन गर्न पाएनन् ।
सभामुख कृष्णबहादुर महराले बैठकको प्रारम्भमै प्रधानमन्त्री ओलीलाई बोल्न समय दिएका थिए । तर, प्रतिपक्षी दल कांग्रेसले पहिले प्रतिपक्षी दलले बाेल्न पाउनुपर्ने भन्दै संसद बैर्ठक अवरोध गर्यो ।
कांग्रेसको अवरोधपछि सभामुख महराले मंगलबारको संसद बैठक स्थगित गरेका छन् । संसदको अर्को बैठक बुधबार विहान ११ बजेका लागि बोलाइएको छ ।



लाेकपाटी न्यूज

