काठमाडाैं, ३ असार । बाैद्धस्थित समता अस्पतालमा कार्यरत एक कर्मचारीले आत्महत्या गरेपछि आफन्तहरू प्रदर्शनमा उत्रिएका छन्। रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङले अस्पतालभित्रै आत्महत्या गरेको विषयलाई लिएर आफन्त आन्दोलित भएका हुन्।
आफन्तकाे प्रदर्शनका कारण अस्पतालमा तनावकाे स्थिति सिर्जना भएकाे हाे। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार तामाङले अस्पतालभित्र मंगलबार बिहान राति पासो लगाएर आत्महत्या गरेकी थिइन्। क्लिनरको रूपमा कार्यरत उनले आत्महत्या गर्नुको कारणबारे भने अनुसन्धान भइरहेको प्रहरी स्राेतले जनाएकाे छ।
आत्महत्याकाे विषयलाई लिएर आफन्त आन्दोलनमा निस्किएपछि प्रहरीले सुरक्षा कडा पारेको छ। अहिले आफन्तहरू अस्पताल परिसरमा नाराजुलुस गरिरहेका छन्।
आफन्तले अवरोध गरेपछि शव उठाउन र परीक्षण गर्न पठाउन नसकिएको परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए। ‘मृत्युपछि आफन्त आक्रोसित भई प्रदर्शन गरिरहेकाले शवको मुचुल्का उठाउन सकिएको छैन,’ उनले भने।



लाेकपाटी न्यूज
