काठमाडौं। हामीले खाने दैनिक खानामा ध्यान नपुर्याउँदा पछिल्लो समय धेरै मानिसमा पत्थरीको समस्या देखिँदै आएको छ। चिकित्सकहरूका अनुसार माछा–मासुजस्ता खाद्यपदार्थ बढी खानाले पिसाबमा युरिक एसिडको मात्रा बढ्न गई पत्थरी हुन्छ।
त्यसैगरी कफी, चिसो पदार्थ, चियाजस्ता पेय पदार्थ पिउनाले पिसाबमा क्याल्सियमको मात्रा बढ्न गई मिर्गौलामा पत्थरी हुने गर्दछ। मिर्गौलाको जोडी पिठ्युँको मध्यभागमा करङको ठीक मुनि रहेको हुन्छ । मिर्गौलामा क्याल्सियम, फोसफेट अक्जालेट र युरिक एसिड गरी चार पत्थरीहरू हुने गर्दछन्। हाम्रा केही गल्ती र लापरबाहीका कारण मिर्गौलामा समस्या उत्पन्न हुने गर्दछ।
यस्ता लक्षणहरु देखिएमा पत्थरी हुनसक्छ :
– पेट दुख्नु
– पटकपटक ट्वाइलेट जानु
– पिसाब गर्ने बेलामा पिसाब पोल्नु
– पिसाबबाट रगत आउनु
– छटपटी हुनु
– भोक नलाग्नु
– ज्वरो आउनु
मृगौलामा पत्थरी भइसकेको छ अथवा हुने जोखिम छ भने प्रशस्त पानी पिउनुपर्छ। पानी प्रशस्त पिउने गर्नाले पत्थरी बन्ने खनिज पदार्थ पिसावमार्फत बाहिर जान्छ। मिर्गौलामा भएको पत्थरी हटाउने घरेलु उपाय बारे तपाईलाई थाहा नहुन सक्छ। घरमै पाइने सामग्रीको सही प्रयोगले पत्थरी समस्या हटाउन सकिन्छ। यस्ता छन् केहि घरेलु उपाय :
कागती: कागतीको रसमा जैतुनको तेल मिसाएर पिउने र त्यसलगत्तै पानी पिउने गर्नाले साना स्टोन फुटेर पिसाब मार्फत निस्किन्छ।
अनारको जुस: अनारको जुस पनि किड्नीमा हुने स्टोन हटाउनको लागि लाभदायक मानिन्छ । अनारको जुसमा किड्नी स्टोन हराउने तत्व पाइन्छ । त्यसैले किड्नीमा स्टोन भएकाहरुले दिनमा एक अथवा दुई ग्लास अनारको जुस खाने गर्नु उत्तम हुन्छ।
राजमा : राजमामा फाइबर, वनस्पतिक प्रोटिन, भिटामिन बी र मिनरल्स पाइन्छ, जसले पिसाब नलीलाई सफा गर्न र किड्नीलाई सफा गर्न मद्दत गर्छ । साथै यसले किड्नी स्टोन बन्ने र बढ्ने क्रमलाई पनि रोक्छ।
तुलसी : किड्नीलाई स्वस्थ राख्न दिनहुँ तुलसी चिया पिउने गर्नु लाभदायक हुन्छ । एक चम्चा तुलसीको पातको रस र मह एकसाथ मिलाएर पिउँदा पनि पत्थरी हट्छ । यसरी लगातार ६ महिनासम्म तुलसीको रस र मह मिसाएर खाँदा पत्थरी ठीक हुन्छ।
गहतको झोल : गहतको दाल बनाएर त्यसको झोल पिउँदा पनि पत्थरी हट्छ । गतहको झोलले किड्नीमा भएको पत्थरीलाई फुटाउने काम गर्छ।
खाना बार्ने : चकलेट, चुकन्दर, स्ट्रबेरी, ओखर, मरिच, पालक, कुरिलो जस्ता खानाले स्टोन बढाउने भएकाले यस्तो खाने कुराहरु नखानु उत्तम हुन्छ।



लाेकपाटी न्यूज

