काठमाडौं, २ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुठी विधेयक परिमार्जनका लागि सरकारलाई दबाब दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ३ बजे उपत्यकाका ३ जिल्लाका जनप्रतिनिधिसँग अनौपचारिक छलफलको तयारी गरेका छन् ।
अध्यक्ष प्रचण्डकाे पहलमा गुठी विधेयक परिमार्जनका सम्बन्धमा छलफल सुरु भएकाे हाे। प्रचण्डले गुठी लगायतका विधेयक परिमार्जन गर्नुपर्ने भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओली दबाबमा परेका हुन् ।
त्यसै अनुसार आज प्रधानमन्त्री ओलीले विधेयकका विभिन्न पक्षमा जनप्रतिनिधिसँग अनौपचारिक छलफल गर्ने र त्यसै अनुसार निर्णयमा पुग्ने स्रोतको दाबी छ ।
सरकारले ल्याएका मिडिया काउन्सिल विधेयक, गुठी विधेयक लगायतका विधेयक परिमार्जनका लागि अर्का अध्यक्ष प्रचण्डले सार्वजनिक रूपमै परिमार्जन गर्ने आश्वासन दिएका छन् । लोक सेवा आयोगको विज्ञापन, मिडिया काउन्सिल विधेयक र गुठी विधेयक लगायतका विधेयकमा नेकपा भित्र दुई धार देखिएको छ ।



लाेकपाटी न्यूज

