काठमाडौं, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे परामर्श तीव्र बनाएका छन् ।
एक साताकाे युरोप भ्रमण सकेर स्वदेश फर्किएसँगै प्रधानमन्त्री ओलीले विधेयकमा कुनै कमजोरी रहेछ भने सच्याउन सकिने प्रतिक्रिया दिँदै छलफल थालेका हुन् ।
प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे उपत्यकाका जनप्रतिनिधिहरुको बैठक बोलाएका छन् । सत्तारुढ नेकपाकै उपत्यकाका सांसदहरु विधेयक फिर्ता लिनुपर्ने पक्षमा छन् । एक सांसदले भने, ‘त्यसअनुसार नै निर्णय आउने सम्भावना छ ।’



लाेकपाटी न्यूज

