काठमाडौंको टोखामा भीषण आगलागी

aago pic
लाेकपाटी न्यूज

काठमाडौं, १ असार । काठमाडौंको टोखामा आइतबार राती भीषण आगलागी भएको छ। टोला नगरपालिका १० स्थित अल नेपाल अस्पताल नजिकै रहेको व्यापारिक टहरोमा आगलागी भएको हो।

आगलागीबाट अहिलेसम्म टहरोमा सञ्चालित पसलका ८ वटा सटर जलेर नस्ट भएको महानगरीय प्रहरी प्रभाग बसपार्कका प्रमुख इन्सपेक्टर मोहन केसीले जानकारी दिए। उनका अनुसार अहिले दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ।

आगलागी के कारणले भयो भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। सो टहरोमा किराना, फेन्सी, तरकारीलगायतका दर्जनबढी पसल सञ्चालनमा रहेको बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्