चितवन, १ असार। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्ने बताएका छन्।आइतबार चितवनमा पत्रकारसँगको कुराकानीमा उनले महाधिवेशन नियमित हुनुपर्ने आवश्यकता रहेको बताएका हुन्।
पार्टीको चार वर्षको कार्यकाल भएकाले नियमित ढङ्गबाट महाधिवेशन गर्ने कुरालाई आलटाल गर्न नहुनेमा जोड दिँदै नेता पौडेलले भने,“अस्ति हामीले सभापतिलाई भेटेर भन्यौ, अब महाधिवेशनको प्रक्रिया शुरु गर्नुपर्छ तर कामको छाँटकाट भने छैन।” पार्टीको मुहानको रुपमा रहेको नेपाल विद्यार्थी सङ्घको महाधिवेशन नगरेर भङ्ग गर्ने काम गरिएकामा उनले रोष प्रकट गरे।
पार्टीको जागरण अभियान प्रचारात्मक भए पनि सङ्गठनात्मक रुपमा केही हुन नसकेको उल्लेख गर्दै नेता पौडेलले भने, “जागरण अभियान प्रचारात्मक भयो, कार्यकर्ता चलायमान भए तर सङ्गठानात्मक रुपमा केही पनि भएन।”
फरक प्रसङ्गमा गुठी विधेयक सरोकारवालासँग छलफल नगरी ल्याइएकाले यसले संस्कृति तथा परम्परालाई असर पुर्याउँछभन्दै उनले सरकारले एकपछि अर्को गर्दै गल्ती गरिरहेको आरोप लगाए। नेता पौडेलले भने, “सरकारलाई गलत कार्यबाट रोक्ने काम हाम्रो हो, जनताको विरोध हुँदा हुँदै आएका विधेयक काङ्ग्रेसले पारित हुन दिँदैन।



लाेकपाटी न्यूज

