अमेरिकाले रुसमाथि साइबर आक्रमण बढाउँदै

१
लाेकपाटी न्यूज

एजेन्सी । अमेरिकाको चर्चित पत्रिका ‘न्यूयोर्क टाइम्स’को रिपोर्ट अनुसार अमेरिकाले रुसको विद्युतीय पावर ग्रिडमाथि आक्रमण बढाएको छ।

साथै भावि दिनमा दुई देशबीच युद्धको अवस्था आएमा ती प्रणालीमा क्षती पु¥याउन सकिने खालको सामाग्री (मालवेयर) पनि प्रणालीमा छाडिएको रिपोर्टमा जनाइएको छ।  टाइम्सका अनुसार रुसी पावर ग्रिडको त्यति भित्र गएर हालसम्म ‘मालवेयर’ राख्ने प्रयास भएको थिएन।

यो कदम चेतावनी दिन उठाइएको बताइएको छ। भावि दिनमा रुससँग ठूलो द्वन्द सुरु भएमा साइबर आक्रमण पनि युद्धको एउटा प्रमुख हिस्सा हुनेछ।  पत्रिकासँग कुरा गर्ने क्रममा ट्रम्प प्रशासनका दुई शिर्ष अधिकारीले रुसी पावर ग्रिडमा राखिएको कम्प्युटर कोडको विवरणबारे डोनाल्ड ट्रम्पलाई पनि कुनै पनि जानकारी नदिइएको बताए।

पेन्टागन र गुप्तचर निकायका अनुसार ट्रम्पले नयाँ जानकारीलाई के गर्ने हुन् भन्ने अनिश्चितताका कारण उनीलाई नभनिएको हो।  सन् २०१७ मा ट्रम्पले अत्यन्त गोप्य सूचना ह्वाइट हाउसमा भएको भेटघाटका क्रममा रुसी विदेशमन्त्री र अमेरिकाको लागि रुसी राजदूतलाई दिएका थिए।

सो घटनाको वाशिन्टन पोष्टले खुलासा गरेको थियो जसलाई सीएनएनले पछि पुष्टि गरेको थियो।  वर्तमान र पूर्व अधिकारीले न्युयोर्क टाइमलाई बताए अनुसार अमेरिकाले कम्तिमा पनि सन् २०१२ देखि रुसी पावर ग्रिडमा सैन्य हिसाबले निगरानी गरिरहेको छ।