गर्मीका कारण विद्यालय बन्द

लाेकपाटी न्यूज

काठमाडौं, १ असार । भरतपुुर महानगरपालिका भित्रका विद्यालय गर्मीका कारण ३ दिनका लागी बन्द हुने भएका छन्।

गर्मी बढेकाले असार २ गते देखी ४ गतेसम्म महानगरपालिकाका नीजि तथा सामुदायिक सबै विद्यालय बन्द गर्ने निर्णय भएको प्रमूख प्रशासकीय नेत्रप्रसाद सुवेदीले जानकारी दिए। महानगर प्रमुख रेनु दाहलले यो बिदापछि वर्षे विदावाट मिलान हुने बताइन्।

सरोकारवालाको सुझाव र विद्यालयको बस्तुगत अवस्थाको मुल्याँकन गरी विदाको निर्णय लिइएको दाहालले बताइन्।  उता, गर्मी बढेकाले नवलपरासीको गैंडाकोट नगरपालिकाका विद्यालय पनि ३ दिनका लागी बन्द भएका छन्।

असार २,३ र ४ गते तीन दिनको लागी बन्द गर्ने निर्णय भएको गैडाकोट नगरपालिकाका प्रमूख छत्रराज पौडेलले चितवन जानकारी दिए।

गर्मीले विद्यालयमा पठनपाठमा समस्या परेपछि विद्यालय बन्द गर्ने निर्णय लिइएको नगरपालिकाले जनाएको छ। नगरपालिका भित्रका सामुदायिक र नीजी सबै विद्यालय तीन दिन बन्द हुनेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्