विश्वका खराब देशहरुकाे सूचिमा भारत पहिलाे !

indian-flag-photo
लाेकपाटी न्यूज

नयाँदिल्ली। केही दिनअघि संसारभर नै विश्व वातावरण दिवस मनाइएको छ। अहिले विकास हुँदै गरेका देशहरुमा वातावरणको अवस्था निकै कमजोर भएको ब्याख्या हुने गरेको छ।

भारत–चीन लगायतका देशहरु आजको विश्वमा तिव्र विकासको गतिमा दौडिरहेका छन् । भौतिक संरचना लगायतका कुराहरु अहिले यी देशहरुमा निर्माण भइरहेका छन्।

बढ्दो उद्योग धन्दा र कमजोर व्यवस्थापनले यी देशहरुमा गम्भीर असर देखिएको छ। जलवायु परिवर्तन लगायतका समस्या छिमेकी देशहरुले पनि भोग्नु परेको छ।

दुई ठूला छिमेकीले गरेको गल्तीको परिणाम नेपाल लगायतका देशहरुले पनि भोग्दै आएका छन्। यो बिचमा अमरीकी राष्ट्रपति डोनल्ड ट्रम्पले जलवायु परिवर्तनको मुद्धामा भारत, चीन र रूसको आलोचना गरेका छन्।

उनले भने, ‘भारत, रूस र चीनजस्ता देशहरुमा शुद्ध पिउने पानी र हावाको अभाव छ। विश्व पर्यावरणलाई लिएर यी देशहरु सकारात्मक छैनन्, न त यिनीहरु आफ्नो जिम्मेवारीबारे सजग नैं छन्।

यी देशहरुले वातावरण प्रदुषण र सरसफाइलाई गम्भीरतापूर्वक लिनुपर्छ।’ बेलायत भ्रमणमा रहेका ट्रम्पले आईटीवी च्यानललाई दिएको अन्तर्वार्तामा यस्तो बताएका हुन्।

उनले अगाडि थप्दै भनेेेेका छन्, ‘अमेरिका विश्वमा भएका सबैभन्दा स्वच्छ देशहरुमध्यको एक हो। यो कुरा विभिन्न अध्ययनहरुबाट स्पष्ट भएको छ। हामी सुधारको प्रयास गरिरहेका छौं। तर, अर्कोतर्फ भारत, चीन र रूसजस्ता केही देशहरु स्वच्छता र प्रदुषणलाई बुझ्ने प्रयाससम्म गर्दैनन्।’

उनका अनुसार भारत लगायतका देशहरुमा स्वच्छ हावा नै पाइदैन। यी देशका जनताहरुले शुद्ध पानी पनि पिउन नपाएको उनले स्पष्ट बताए। भारत–चीन र रुसका केही शहरहरुमा मानिसहरुले अक्सिजन पनि नपाएको भन्दै उनले आलोचना गरेेेेका हुन्। (बिबिसीकाे सहयोगमा।)