काठमाडौं, ३२ जेठ। राजधानीको भद्रकालीमा ९ ड्रम रगत बगाउने प्रदर्शनकारी पक्राउ परेका छन्। प्रहरीले प्रदर्शनको क्रममा राँगाको ९ ड्रम रगत बगाउने ९ जनालाई पक्राउ गरेको हो।
मोहन शमशेर राणा नेतृत्वको हिन्दराष्ट्र स्वयंमसेवक दलले निकालेको जुलुसको क्रममा प्रदर्शनकारीले ड्रममा बोकेका राँगाको रगत धमाधम पोख्न थालेपछि हस्तक्षेप गरेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले रगत पोख्ने कार्यमा संलग्न राणासहित ९ जनालाई पक्राउ गरिएको पुष्टि गरे।
उनले पक्राउ परेकाहरुलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए। राष्ट्रिय स्वयमसेवक दलले नेपाललाई हिन्दुराष्ट्र बनाउने पर्ने माग गर्दै सो प्रदर्शन गरेको बताइएको छ।



लाेकपाटी न्यूज

