होटलको ‘सेफ्टी ट्याङ्की’ सफा गर्दा सात मजदुरको मृत्यु

saftitangki pic
लाेकपाटी न्यूज

काठमाडौं, ३२ जेठ । एउटा होटलको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा सात जनाको मृत्यु भएको छ। भारतको पश्चिमी क्षेत्रमा रहेको एक होटलको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा सात जनाको मृत्यु भएको हो।

स्थानीय प्रहरीले दिएको जानकारी अनुसार घटनामा होटलका मालिक पनि दोषी देखिएका छन्। गुजरात राज्यको भाडोडारा जिल्लामा शुक्रबार राति घटना भएको अधिकारीहरुले जनाएका छन्। उनीहरुले होटल मालिकले लापरवाही गरेको बताएका छन्।

मृत्यु हुनेमा ट्याङ्की सफा गर्न बोलाइएका चार जना मजदुर र उनीहरुलाई सघाएका होटलमै काम गर्दै आएका अरु तीन जना रहेको प्रहरीले जनाएको छ। (एएफपी)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्