विप्लवकाे प्रतिवन्ध हटाउन जर्मनीको कम्युनिस्ट पार्टीकाे आग्रह (पत्रसहित)

biplab netra bikram chand
लाेकपाटी न्यूज

काठमाडौ, ३२ जेठ। जर्मनीको कम्युनिस्ट पार्टीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको प्रतिवन्ध फुकाउन आग्रह गरेको छ। पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै विप्लवको प्रतिवन्ध फुकाउन आग्रह गरेको हो।

सरकारले हिंसात्मक गतिविधि बढाएको भन्दै प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई उच्च निगरानीमा राखिरहेका बेला जर्मनीको माक्र्सवादीलेनिनवादी पार्टी (एमएलडीपी) ले सरकारले लगाएको प्रतिबन्धलाई विरोध गरेको हो।

एमएलडीपीले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै लेखेको पत्रमा विप्लव नेकपामाथि लगाएको प्रतिवन्ध तत्काल फुकुवा गर्न माग पनि गरेको छ। एमएलडीपीले प्रधानमन्त्रीलाई लेखेको पत्रमा भनिएको छ, ‘जर्मनीमा हामीले जर्मन कम्युनिस्ट पार्टी (केपीडी) माथि लगाइएको प्रतिवन्धबाट महत्वपूर्ण अनुभव लिएका छौँ। सन् १९५६मा प्रतिक्रियावादी सरकारबाट हामीमाथि प्रतिवन्ध लगाइएको थियो। यतिबेला नेपालको वामपन्थी सरकारले प्रतिवन्ध लगाएको छ।’

निश्चित रूपमा, नेपालका कम्युनिस्ट पार्टी र वामपन्थी शक्तिहरूका बीचमा धेरै नै सैद्धान्तिक, वैचारिक—राजनीतिक भिन्नता रहेको भन्दै त्यसलाई मिलाएर लैजानुपर्ने उल्लेख गरिएको छ। पत्रमा भनिएको छ, ‘क्रान्तिकारी शक्तिहरूमाथि प्रतिबन्ध लगाउँदा आवश्यकप्रति साम्राज्यवादी सङ्घर्ष र समाजवादी विश्वकालागि गरिएको सङ्घर्षलाई कमजोर बनाउँछ।’

एमएलडीपीले लेखेको पत्रमा आफूहरुले प्रतिबन्धको अनुभव गरेको र त्यसको असर नराम्रो परेकाले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध राम्रो नभएको भन्दै यो विषयमा पुनर्विचार गर्न आग्रह गरेको छ। प्रधानमन्त्रीको युरोप भ्रमणका बेला जर्मनको कम्युनिस्ट पार्टीले लेखेको पत्रला महत्वका साथ हेरिएको छ।

                                                   

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्