काठमाडौं, ३२ जेठ ।बम विस्फोटमा परी विप्वल कार्यकर्ताको मृत्यु भएको छ । जेठ १२ गते काठमाडौंमा भएको शृंखलाबद्ध बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ।
चावहिलस्थित ओम अस्पतालमा उपचाररत रामेछाप मन्थली नगरपालिका ४ निवासी रामकुमार श्रेष्ठको शनिबार बिहान मृत्यु भएको हो।महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले उपचाररत श्रेष्ठको शनिबार बिहान मृत्यु भएको जानकारी दिए। बम विस्फोटको घटना भएको २४ घण्टा नबित्दै ४ जनाको ज्यान गएको थियो।
बम विस्फोटमा ज्यान गुमाउनेहरुमा परी नेपाल कम्युनिष्ट पार्टीको जनमुक्ति सेनाका कमाण्डरहरू महान, दीपेन्द्र, अखिल क्रान्तिकारीका नेता प्रज्वल शाही र निरन्तर थिए। श्रेष्ठ पनि विप्लव कार्यकर्ता हुन्। सुकेधारास्थित छोटे ठाकुरको सैलुनमा भएको बम बिस्फोटमा परी गम्भीर घाइते भएका सुरेन्द्र महर्जन र हरि खड्काको ओम अस्पतालको आइसीयुमा उपचार भइरहेको छ।



लाेकपाटी न्यूज
