माओवादी आक्रमणमा ५ प्रहरीको मृत्यु

Attack
लाेकपाटी न्यूज

 झारखण्ड, ३२ जेठ। भारतको झारखण्ड राज्यमा पर्ने सरायकेला खरसांवा जिल्लामा सशस्त्र माओवादी विद्रोहीले प्रहरीकाे गाडीमा आक्रमण गरेका छन्। सशस्त्र माओवादी विद्रोहीले शुक्रबार साँझ सशस्त्र माओवादी विद्रोहीले प्रहरी सवार गाडीमा आक्रमण गरेका हुन्।

आक्रमणबाट पाँच प्रहरीको मृत्यु भएको छ। मर्नेमा दुई असई र तीन कन्स्टेबल रहेका छन्। प्रहरीका अनुसार घटना पश्चिम बंगालसँग जोडिएको तिरुलडी थाना क्षेत्रमा भएको हो। आक्रमणमा परेका प्रहरी सवार गाडी झारखण्डका कुकडूमा लाग्ने साप्ताहिक हाट बजारबाट फर्किरहेको थियो।

सवारी बाटोमा पहिलेदेखि ढुकेर बसेका माओवादी छापामारको आक्रमणमा परेको थियो। झारखण्ड प्रहरी प्रवक्ता र एडीजीएमएल मीणाले घटनाको पुष्टि गरेका छन्। आक्रमणमा पाँच प्रहरीको घटनास्थलमै मृत्यु भयो। आक्रमण पछिल्लो एक महिनामा माओवादीहरुको चौथो आक्रमण हो।

यस अघि मे २८ मासरायकेला खरसांवा जिल्लाको कुचाईमा माओवादी विद्राहीले बारुदी धराप विस्फोट गराएका थिए। त्यस घटनामा झारखण्ड प्रहरी र सीआरपीएफका २६ जवान घाइते भएका थिए।