दाङ, ३२ जेठ । सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ढलान भत्कदा दाङमा तीन मृत्यु भएको छ। लमही नगरपालिका ७ मा रहेको सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ६ तल्ला माथिको ढलान भत्किँदा भारतीय मजदुरको मृत्यु भएको हो।
घटनामा अन्य तीन जना मजदुर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताए।मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हेरेन र ४६ वर्षीय साहेव छन्। घटनामा अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएका छन्।
घाइतेमध्ये अजय र नरेनलाई लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएको छ। शुक्रबार राति २ बजे सिमेन्ट उद्योगको ढलान भत्किएको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज

