काठमाडौं, ३१ जेठ । मेक्सिकोका राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरले आफूले प्रयोग गर्दै आएको विलासी विमान बेच्ने घोषणा गरेका छन्।
पछिल्लो समय केही आर्थिक संकटबाट गुज्रिरहेको मेक्सिकाको समस्या केही हदसम्म भए पनि देशको समस्या समाधान होस् भन्ने हेतुले उनले आफुले प्रयोग गर्दै आएको विलासी विमान बेच्ने घोषणा गरेका हुन्। वामपन्थी पृष्ठभूमि भएका राष्ट्रपति ओब्राडेरले विमान बेचेर आएको रकमबाट गैरकानुनी आप्रवासन नियन्त्रण गर्न खर्च गर्ने घोषणा गरेका हुन्।
उनले चढ्ने बोइङ ड्रिमलाइनर ७८७ सिरिजको विमानको अनुमानित मुल्य १५ करोड अमेरिकी डलर रहेको बताइएको छ। ओब्राडेर जब राष्ट्रपतिको रुपमा चयन भएका थिए उनले आफुले निजी विमान नचढ्ने र सार्वजनिक विमान नै चढ्ने घोषणा गरेका थिए। यता, अमेरिकाको धम्कीपछि देशको लागि उनले विमान बेच्ने निर्णय गरेका हुन्।
पछिल्लो समय मेक्सिकोका आप्रवासी अवैधरुपमा अमेरिका अत्याधिक छिर्न थालेपछि डोनाल्ड ट्रम्पले यसलाई नरोके दण्डात्मक कर भोग्नु पर्ने चेतावनी दिएपछि मेक्सिकोले अमेरिकासंग आप्रवासी रोक्न सक्दो कदम चाल्ने सहमति गरेको थियो। आफनो देशलाई दण्डात्मक करबाट जोगाउने राष्ट्रपति ओब्राडेरले आफनो विमान बेचेर आएको रकमको नाफाबाट आप्रवासन रोक्न खर्च गर्ने घोषणा गरेका हुन्। (एजेन्सी)




लाेकपाटी न्यूज

