काठमाडौं, ३१ जेठ। काठमाडौंमा शनिबार हुने १२ औँ रोट्रयाक्ट डिष्ट्रिक क्लव एसेम्ब्ली तथा ११ औँ रिकग्निसन सेरेमोनीको तयारी अन्तिम चरणमा पुगेको छ।
कार्यक्रम सिद्धार्थ वनस्थली ईन्ष्टिच्युट बालाजु काडमाण्डौंमा हुनेछ। रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटान अन्तर्गत रोट्रयाक्ट नेपालको आयोजना तथा रोट्रयाक्ट क्लव अफ कुपण्डोल, रोट्रयाक्ट क्लव अफ काठमाण्डौ मिड टाउन रोट्रयाक्ट क्लव अफ चन्द्रागिरी, रोट्रयाक्ट क्लव अफ स्वयम्भु भैसेपाटीको संयोजन गरेको डिष्ट्रिक क्लव एसेम्ब्लीको तयारी अन्तिम चरणमा पुगेको हो। रजिष्ट्रेसन,कार्य तालिका,ब्यानर,परिचय कार्डलगायत अन्य व्यवस्थापनको काम ९८५ सकिएको छ।
रोटरीको भातृ संस्था रोट्रयाक्ट क्लवमा १८ देखि ३० वर्षसम्मका युवाहरु आबद्ध रहने छन्। वर्ष २०१९\०२० को नयाँ कार्य योजना तर्जुमा, अन्य कार्यक्रम लगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ। डिष्ट्रिक क्लव एसेम्ब्लीमा देशभरका १३ जोन अन्तर्गत १२५ वटा रोट्रयाक्ट क्लवका रोट्रयाक्ट प्रतिनिधीहरु सहभागी रहनेछ।क्लबका प्रेसिडेन्ट,भाईस प्रेसिडेन्ट,सेक्रेटरी,टे्रजरर, ४ वटा एभिन्युमा लगायत अन्य मेम्बरहरुका लागि पनि छुट्टाछुट्टै प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ।
रोट्रयाक्ट क्लब अफ दमौलीका पुर्व अध्यक्ष जोन ३ का २०१९र०२० का जेट आर आर शिखरलाल डोटेलले रोट्रयाक्टरहरुको व्यक्तिगत क्षमता एवं नेतृत्व विकाशका लागि क्लव एसेम्ब्ली एक महत्वपुर्ण कार्यक्रम भएको बताए। प्रत्येक वर्ष हुने यो कार्यक्रममा नयाँ नयाँ कुराहरु सिक्न,एक अर्काबिच परिचयात्मक कार्यक्रमसँगै मनोरञ्जन लिन सकिने उनले भने।
रोट्रयाक्ट नेपालका डि आर आर सौगात गौतमले वर्ष २०१८\०१९ मा विभिन्न क्लवमा भए गरेका कार्यहरुको मुल्याङ्कन गरी विभिन्न विद्यामा अवार्डसमेत प्रदान गरिने बताए। उनले आसन्न कार्यक्रमको तयारी करिब अन्तिम चरणमा पुगेको समेत जानकारी दिए। भेलामा करिब ७ सय युवाको सहभागीता रहने उनले जानकारी दिए।



लाेकपाटी न्यूज
