महेश सिंह महतो\सिरहा, ३१ जेठ। सिरहाको धनगढीमाई नगरपालिका ६ का एक युवकको अपहरण गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
धनगढीमाई नगरपालिका ६ स्थित कसहा र वसन्तपुरचोकबाट स्थानीय १७ वर्षीय सुभाषकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले सिरहाको औरही गाउँपालिका २ को २१ वर्षीय गङ्गाराम मण्डल खत्बेलाई पक्राउ गरेको हो। अपहरण गरेको यादवलाई गत २०७५ फागुन ९ गते भारतको मधुवनी भुतही बलान तटबन्ध नजिक लगेर गोली हानी सख्त घाइते बनाएको र उपचारको क्रममा भारतको बिहार पटानस्थित मेडिकल कलेजमा मृत्यु भएको थियो।
सो घटनामा संलग्न रहेको आरोपमा खत्बेलाई सिरहा नगरपालिका ७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताएका छन्।



लाेकपाटी न्यूज

