उद्योग-व्यवसायीको सुरक्षाकाे जिम्मा सरकारले लिन्छ : गृहमन्त्री थापा

Ram Bahadur thapa Badal
लाेकपाटी न्यूज

चितवन, ३१ जेठ। गृहमन्त्री रामबहादुर थापा बादलले चितवनका उद्योग-व्यवसायीको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन्। बादलले रत्ननगर नगरपालिकाले आयोजना गरेको वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उद्योग-व्यवसायीको सुरक्षा जिम्मा सरकारको रहेको भन्दै ठुक्क भएर लगानी गर्न आग्रह गरे।

उद्योगको विकास नभएसम्म बेरोजगारी अन्त्य नहुने बताउँदै गृहमन्त्री थापाले औधोगिक क्षेत्रको विकास गरी रोजगार सिर्जना गर्ने योजनामा सरकार रहेको दावी गरे। देशमै रोजगारी सिर्जना गरेर विदेशिने युवाहरुलाई स्वदेशमा नै रोक्ने योजना रहेको उनको भनाइ छ।

गृहमन्त्री थापाले रोजगार रोजगारदाता र बेरोजगार इच्छुक युवाहरुलाई जोड्न रत्ननगरले आयोजना गरेको रोजगार मेला विशिष्ट रहेको बताए। कार्यक्रममा मेयर नारायण वनले श्रम लिने र दिनेबीचमा सम्बन्ध विस्तार गर्न मेलाको आयोजना गरिएको बताए।