कञ्चनपुर, ३१ जेठ। कञ्चनपुरमा जेसीबी र अटोरिक्सा एक आपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ। शुक्रबार से १ प ७३३ नम्बरको जेसीबी र मे १ ह ७६३ नम्बरको अटोरिक्सा एक आपसमा ठोक्किएका थिए।
कञ्चनपुर प्रहरीले शुक्रबार बिहान भीमदत्त नगरपालिका–६, बनगाउँमा जेसीबी र अटोरिक्सा आपसमा ठोक्किँदा ३ जनाको घनास्थलमै ज्यान गएको पुष्टि गरेको छ। मृतक तीनै जना अटोरिक्सामा सवार थिए। प्रहरीका अनुसार उनीहरुको सनाखत हुन बाँकी नै छ।
दुर्घटनामा ५ जना घाइते भएका छन्। घाइतेमध्ये अटोरिक्साका चालकको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि भारत पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज

