मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यले विभिन्न अवसर जुराउनेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। घरमा अतिथीको आगमन हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभारम्भको चर्चा चल्नेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ। आँटेको काम पुरा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला। सहकर्मीबाट विरोध आउला। नियमित खर्चसमेत बढ्ने योग छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिएका काम पुनः सुरु हुन सक्छन्। आर्थिक कारोवारमा सफलता पाइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। लाभदायक यात्रा होला।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) भाग्यले विभिन्न अवसर जुराउनेछ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ काम सुरु गर्ने समय छ। वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। घरमा अतिथीको आगमन हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। साझेदारी काममा उल्झन आउनेछ। बन्न लागेको काम विग्रिनेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) अरुलाई प्रभावित पारेर काम बन्नेछ। रोकिएको धन हात पर्ला। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापारमा मनग्ये धनलाभ हुनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) ठीक समयमा सही निर्णय लिन सकिनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। लाभदायक यात्रा हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महत्वपूर्ण कामको थालनी हुनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। लक्ष्मी प्रसन्न हुने योगछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वास्थ्यमा खर्च बढ्नेछ। यात्रामा मालसामान हराउन सक्छ। सानो तिना समस्यामा अल्झिनु पर्नेछ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ।



लाेकपाटी न्यूज
