प्रदेश ३ को बजेट असार १ गते, कुन – कुन क्षेत्र परे प्राथमिकतामा ?

predesh-3
लाेकपाटी न्यूज

हेटौँडा, ३० जेठ। प्रदेश नं. ३ सरकारले आर्थिक वर्ष २०७६\७७ बजेट असार १ गते प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने भएको छ।

प्रदेश नं. ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलको निजी सचिवालयले सो कुरा जनाएको हो।सरकारले भौतिक पूर्वाधारसहित राष्ट्रिय गौरवको आयोजना, गरीबी निवारण गर्ने आयमूलक कार्यक्रम, पर्यटन क्षेत्रको विकास, जैविक विविधता, वातावरण सुधार तथा हेटौँडा कुलेखानी जोड्ने सुरुङ्मार्गलगायत पूर्वाधार निर्माणलाई बजेटमा विशेष प्राथमिकता दिइएको मन्त्री ढुङ्गेलले जानकारी दिए।

प्रदेशसभाको बैठक जेठ ३१ गते प्रदेश नं. ३ प्रदेशसभा सचिवालयले प्रदेशसभाको चौंथो अधिवेशन जेठ ३१ गते दिँउसो २ बजे बस्ने जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्