विपन्न तथा एकल महिलालाई कृषि सामग्री वितरण

krishi
लाेकपाटी न्यूज

रसुवा, ३० जेठ । रसुवाका विपन्न तथा एकल महिलाहरुलाई कृषि सामग्री वितरण गरिएको छ । महिला मुक्ति तथा सचेतना समाज रसुवाको आयोजना सामग्री वितरण गरिएको हो।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, महिला तथा बालबालिका विभागको सहयोगमा राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं ५ सरमथलीका ३० जना अति विपन्न तथा एकल महिलाहरुलाई नौकुण्ड गाउँपालिकाका उप प्रमुख सिर्जना लामा , सोही वडाका वाडाध्यक्ष शुक्रमान पाख्रिन लगायत सहजीकरण समितिका सदस्यहरुको उपस्थितिमा प्रत्येक जनालाई एक समारोहका बिच सत्र हजार बराबरको कृषी सामाग्री वितरण गरिएको हो।

महिलाहरुलाई सामग्री वितरण गर्नु अघि जेठ १० गतेदेखि १४ गतेसम्म तरकारी खेती तथा वितरित हुने सामग्रीहरुको उपयोगिता सम्बन्धि तालिम प्रदान गरिएको थियो ।

वितरण गरिएको सामग्रीहरुमा टनेल प्लाष्टीक, पाइप, हजारी, प्रिङ कल , थोपा सिँचाई , पम्प, टनेल फित्ता, कैची, प्राङ्गारिक मल , सुतली डोरी , सेतो प्लाष्टीक, ड्रम , कोको फिट , नर्सरी ट्रेकाका साथै सात प्रकारका बिउबिजनहरुको वितरण गरिएको थियो ।

पहिला तालिम र यस पश्चात वितराण गरिएको सामग्रीबाट तरकारी खेती गर्न सहज वातातरणको सिर्जना हुने हुँदा महिलाहरुको जीवनमा उल्लेख्य सुधार हुने अपेक्षा आपुूले राखेको उप प्रमुख लामाले बताए ।

यस अघि विभिन्न संधसंस्थाले तालिम दिएता पनि सामग्री वितरण नहुँदा तालिममा सिकेको कुराहरुको व्यवहारमा लागु गर्न नपाइने समस्या रहेकोमा अहिले तालिमको साथसाथै सामग्री पाएकोले व्यवाहरमा लागु गरी व्यवसायी बन्न र आफ्नो जीवनस्तर परिवर्तन गर्नमा उत्प्रेरित गरेको अति विपन्न महिला बुधमाया थिङले बताइन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्