नगरपालिकाको कार्यालयमा बम विस्फोट

cooker-bomb
फाइल फोटो
लाेकपाटी न्यूज

धनुषा, ३० जेठ । धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित नगरपालिकाको कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ।

बुधबार राति १० बजेतिर बम बिस्फोट भएको प्रहरीले जनाएको छ। बिस्फोटबाट सभा हलको भित्ता भत्केको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको छ। अहिलेसम्म कसैले बिस्फोटको जिम्मेवारी लिएको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्