तपाईंको आजको दिन कसरी बित्नेछ ? पढनुहोस् राशिफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमाइलो यात्राको योग रहेको छ। मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ। नयाँ कार्यको योजना बन्नेछ। आँटेको र ताकेको कार्य पुरा होला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विना प्रतिस्पर्धा फाइदा हुने योग छ। पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला। बौद्धिक विकास होला। धार्मिक यात्राको योगछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) समाजसेवामा मन लाग्नेछ। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। शत्रु पराजित हुनेछन्। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। स्वास्थ्यमा समस्या आउला। प्रेममा बाधा आउनुका साथै मन कमजोर रहला। वैदेशिक क्षेत्र कमजोर रहला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ। सांगीतिक क्षेत्रमा रुची बढ्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनुहारमा कान्ति र मनमा शान्ति छाउला। कूटनीतिक नियोगको सहयोग मिल्ला। कार्यमा सफलता पाईनेछ। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ। परोपकारमा रुचि बढ्नेछ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मन खिन्न हुने स्थिति आउनेछ। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। मानसिक चिन्ता बढ्नेछ। दबाब र तनाव बढेको महसुस हुनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। अधुरो काम पूरा हुनेछ। पुनर्मिलनको योग रहेको छ। बन्धु–बान्धवबाट सहयोग मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभकार्यको चर्चा चल्नेछ। नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ। प्रेमीको सहयोग पाईनेछ। विश्वास गरेकाले साथ दिनेछन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) जोश जाँगर र हिम्मत वढ्नेछ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। सन्तान सुख मिल्नेछ। इच्छा र आकाङ्क्क्षा पूर्ण हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्न सक्छ। सरकारी निकाएको भय रहला। महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्