विप्लव पनि गुठी विधेयकको विरुद्धमा (विज्ञप्ति)

Biplab netra bikram chand
लाेकपाटी न्यूज

काठमाडौं, २९ जेठ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि सरकारले ल्याएको गुठी सम्बन्धि विधेयकको विपक्षमा उभिएको छ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति जारी गर्दै सरकारले एक पछि अर्को जनअधिकार कुल्चिँदै फाँसिवादको अभ्यास गरिरहेको आरोप लगाए। यसको उदाहरण सदनमा प्रस्तुत भएको विधेयक भएको विप्लवको भनाइ छ।

‘गुठीलाई आधुनिकीकरण र न्यायपूर्ण परिचालन गर्नुपर्छ। तर पछिल्लो समय गुठी व्यवस्थित गर्ने नाममा सरोकारवाला पक्षसँग छलफलै नगरी नागरिकको सांस्कृतिक भावनाको कदर र सम्पूर्ण सुरक्षाको योजना नबनाई किन विधेयक निर्माण गरिँदैछ, वक्तव्यमा भनिएको छ, तसर्थ यसको विरुद्ध उठेका जनताको शान्तिपूर्ण र वैधानिक संघर्षमा जुन बर्बर दमन भयो हाम्रो पार्टी त्यस खाले दमनको घोर निन्दा गर्दछ’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा गुठीयारहरुको आन्दोलनलाई वैधानिक र न्यायपूर्ण आन्दोलन भएको भन्दै सरकारको दमनबाट घाइते भएकाहरुको उचित उपचारको व्यवस्था गर्न माग गरेको छ।