बाबुआमाको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्ने सरकारको निर्णय

nitish
लाेकपाटी न्यूज

काठमाडाैं । अब सरकारले बाबुआमाको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्भाने निर्णय गरेकाे छ । भारतकाे बिहार राज्य सरकारले आफ्ना बाबुआमाको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्ने निर्णय गरेको हाे।

बिहार सरकारले मंगलबार छाेराछाेरीले बाबुआमाकाे हेरचाह नगरेको उजुरी परेमा उनीहरूलाई जेल हालिने निर्णय गरेकाे हाे। बिहार सरकारले मातापिताको हेरचाहलाई अनिवार्य गर्ने निर्णय गरेकाे हाे ।

यससँगै बिहार सरकारले मूख्यमन्त्री वृद्धा पेन्सन योजनालाई ‘राइट टु सर्विस एक्ट’ मा सामेल गर्ने निर्णय गरेको छ। मंगलबार राज्यका मूख्यमन्त्री नितिश कुमारको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको बैठकले यी बाहेक विभिन्न १७ एजेन्डालाई स्विकृति समेत दिएको छ।

मदिरा निषेधपछि नितिश सरकारको यो निर्णयलाई अर्को सामाजिक कुरीतिविरूद्धको कदमका रूपमा लिइएको छ। –एजेन्सी