पोखरा, २९ जेठ। पोखराको अमरसिंहचोक नजिकै रहेको उत्तमचोकमा प्रहरी र लागू औषध कारोबारीबीच गोली हानाहान भएको छ।
अमरसिंह चोक नजिकै रहेको उत्तमचोकमा रहेको एक रेष्टुरेष्टमा गोली चलेको हो। चेकजाँचका क्रममा उक्त रेष्टुरेष्टमा प्रहरी पुगेपछि प्रहरीलाई लागू औषध कारोबारीले दाउरा प्रहार गरेपछि प्रहरीले जवाफी फायर गरेको हो।
प्रहरीको गोली लागि लागू औषध कारोबारी ३० वर्षीय गोविन्द थापा घाइते भएका छन्। घाइतेको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको छ।
त्यस्तै प्रहरीतर्फ पनि एक जना घाइते भएका छन्। उनको पार्कल्याण्ड अस्पतालामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।प्रहरीले घटनामा संलग्न २ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए।



लाेकपाटी न्यूज

