टिप्परले लियाे पत्रकारकाे ज्यान

Nanda-bahadur
लाेकपाटी न्यूज

सुर्खेत, २९ जेठ। सुर्खेतमा टिप्परको ठक्करबाट एक पत्रकारको ज्यान गएको छ। बुधबार टिम्परको ठक्करबाट सुर्खेत पहिचान दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव नन्दु गेलाङको ज्यान गएको हो।

सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ८ को लोदेमा टिप्परले पत्रकार गोलाङको घटना स्थलमै मसत्यु भएको सुर्खेत जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक बसन्त रजौरेले जानकारी दिए।

रुकुम पश्चिमकबाट सुर्खेत तर्फ आउँदै गरेको बा ५ ख १६८३ नम्बरको टिप्परले विपरित दिशाबाट आईरहेको पत्रकार गेलाङ चढेको भे ८ प ७६०४ नम्बरको मोटरसाईकलालई ठक्कर दिदाँ गेलाङको घटना स्थलमै मृत्यु भएको हो। टिप्पर चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्