विप्लव समूहद्वारा वडा कार्यालय तोडफोड

Todphod
लाेकपाटी न्यूज

जाजरकोट, २९ जेठ। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेकपा कार्यक्रताले नलगाड नगरपालिका–१० को वडा कार्यालय तोडफोड गरेका छन्।

कार्यालयका कुर्सी, दराज, कागजातमा क्षति र्पुयाइएको छ। जिल्ला प्रहरी कार्यालयले कार्यालय तोडफोड गरेको पुष्टि गरेको छ। उनीहरुले जनप्रतिनिधिहरुलाई भ्रष्ट, दलालको आरोप लगाउँदै कार्यालय तोडफोड गरेका छन्।

विप्लव समूहका जाजरकोट जिल्ला इञ्चार्ज प्रेमप्रकाश ओलीले अन्य ठाउँमासमेत दलालविरुद्ध कारवाही जारी राख्ने चेतावनी दिएका छन्।