नेपालमै पहिलोपटक वन्यजन्तु उद्धारका लागि एम्बुलेन्स

Animal ambulance
लाेकपाटी न्यूज

चितवन, २९ जेठ। नेपालमा पहिलो पटक वन्यजन्तुको उद्धारका लागि एम्बुलेन्स खरिद गरिएको छ। वन क्षेत्रमै पुगेर घाइते तथा बिरामी हुने वन्यजन्तुको उद्धारका लागि एम्बुलेन्स खरिद गरिएको हो।

सरकारको भन्सार छुटमा राष्ट्रिय प्रकृति संरक्षण कोषले सौराहामा सञ्चालनमा आउन लागेको वन्यजन्तु अस्पतालका लागि एम्बुलेन्स ल्याएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले सौराहाका निमित्त प्रमुख रामकुमार अर्यालले २५ लाख रुपैयाँ लागतमा एम्बुलेन्स ल्याइएको बताए। एम्बुलेन्सले चितवन राष्ट्रिय निकुञ्जलगायत तराईका सबै जिल्लामा सेवा दिने अर्यालको भनाइ छ।

वन्यजन्तु घाइते तथा बिरामी भए उद्धारका लागि पुग्छौं, उनले भने, एम्बुलेन्समा अक्सिजन, जनावरको आकारअनुसारको वन्यजन्तु राख्ने भाँडो (केज) लिएर जान्छौँ। वन्यजन्तुलाई अस्पतालमा ल्याएर उपचार गर्छौँ।

यसअघि नेपालमा वन्यजन्तुको एम्बुलेन्समा राखी उद्धार गरिने व्यवस्था थिएन। सदर चिडियाखानासँग एम्बुलेन्स भए पनि बाहिर प्रयोगमा आएको थिएन। अस्पताल सञ्चालनमा आएपछि वन्यजन्तु संरक्षणमा थप टेवा पुग्ने संरक्षणकर्मीको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्