पर्सा र चितवनतिर हावाहुरी ल्याउने बादल बन्दै, सतर्क रहन आग्रह

cloudy
लाेकपाटी न्यूज

काठमाडौं, २८ जेठ । नेपालका विभिन्न ठाउँमा आएको हावाहुरीले धेरै जनधनकाे क्षति भयाे। हावाहुरी आउने क्रममा अब फेरि पर्सा र चितवनमा हावाहुरीकाे सम्भावना बढेर गएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले हावा हुरी ल्याउने बादल अहिले पर्सा तथा चितवनतिर बन्दै आएको जनाएको छ ।

पूर्वानुमान महाशाखाले केही बेर अघि भनेको छ, ‘हाल चितवन, पर्सा तथा यसको आसपासका क्षेत्रहरुमा मेघ गर्जन र हावाहुरी सहित वर्षा गराउने बादल विकसित भइरहेको छ । यो प्रणाली झन् सक्रिय हुँदै उत्तर पूर्व सर्ने क्रममा रहेको छ ।’

पूर्वानुमान महाशाखाका अनुसार चितवन र पर्सामा हावाहुरीकाे सम्भावना बढेकाे छ। हावाहुरीकाे सम्भावना बढेका ती क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले भनेकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्