विप्लव निकट विद्यार्थीद्वारा आन्दोलनकाे घोषणा (विज्ञप्तिसहित)

biplab netra bikram chand
लाेकपाटी न्यूज

काठमाडौं, २८ जेठ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आन्दोलनका कार्यक्रम घाेषणा गरेकाे छ। सरकारद्वारा पार्टीमाथिको प्रतिबन्धपछि गिरफ्तार गरेका आफ्ना विद्यार्थी नेताहरुको तत्काल रिहाईको मागसहित संघर्षका कार्यक्रम सार्वजनिक गरेको हाे।

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकालले विज्ञप्तिमार्फत बीना कारण गिरफ्तार गरेका आफ्नो संगठनका नेताहरुलाई रिहा नगरे कडा संघर्षमा जाने चेतावनी पनि दिएका छन्। विज्ञप्ति मार्फत ढकालले संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेका छन्। सार्वजनिक कार्यक्रमहरुमा आगामी जेष्ठ ३० र ३१ गते देशव्यापीरुपमा विद्यालय, क्याम्पस र विश्वविद्यालयहरुमा अन्तरक्रिया र विरोध कार्यक्रम गरिनेछन्।

विरोधका पर्चा वितरण, राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी, हस्ताक्षर संकलन, भण्डाफोर तथा कोणसभा गर्ने, असार १,२ र ३ गते जुलुस प्रदर्शन गर्ने,असार ४ गते क्याम्पस अगाडि एकघण्टा चक्काजाम गर्ने, साथै असार ६ गते गैह्रन्यायीक गिरफ्तार गरिएका जिल्लाहरुमा शैक्षिक हड्ताल गर्ने रहेका छन्।

आन्दोलनका बाबजुद पनि आफूहरुका माग पूरा नभए ७ गतेबाट अर्को चरणको कार्यक्रम घोषणा गर्ने विज्ञप्तिमा जनाइएको छ।