काठमाडौं, २८ जेठ। सत्तारुढ नेकपाका नेता भीम रावलले बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्विटरमार्फत सुझाव दिएका छन्। उनले प्रधानमन्त्री ओलीलाई अपमानजनक गोर्खा भर्ती सन्धिको पुनरावलोकन गर्दै खारेजीको प्रस्ताव राख्न अनुराेध गरेका छन्।
उनले केही बेरअघि सामाजिक संजाल ट्विटरमार्फत प्रधानमन्त्रीलाई भूतपूर्व गोर्खाहरूले उठाएका समस्याहरूको समाधान खोज्न बेलायती प्रधामन्त्रीसँग कुरा गर्नु उचित हुने बताएका हुन्।
उनले ट्विट गर्दै भनेका छन्,‘प्रधानमन्त्रीको बेलायत भ्रमणको अवसरमा विगतमा निरंकुश व्यवस्थाले थोपरेको अपमानजनक गोर्खा भर्ती सन्धिको पुनरावलोकन गर्दै खारेजीको प्रस्ताव राख्नु र भूतपूर्व गोर्खाहरूले उठाएका समस्याहरूको समाधान खोज्न बेलायती प्रधामन्त्रीसँग कुरा गर्नु उचित हुनेछ।’



लाेकपाटी न्यूज

