नयाँ दिल्ली, २८ जेठ। बलिउड अभिनेता अमिताभ बच्चनको ट्विटर एकाउन्ट ह्याक भएकाे छ। उनकाे ट्विटर ह्यमक गरी उक्त एकाउन्टकाे प्राेफाइल पनि दलिएकाे छ। ह्याकरले पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्बिरलाई उनकाे प्राेफाइल पिक्चरमा राखिएकाे छ।
प्राेफाइल पिक्चर चेन्ज गरी लेखिएको थियो,‘‘एक्टर…चलो, कुछ लोग अब भि ऐसा कर रहा हे । पकिस्तानको प्यार ।’’अमिताभ बचनको ट्विटर निकै सक्रिय हुने गरेको थियो। उनका ३ दशमलब ७४ करोड फलोअर्स रहेका छन्।
अभिनेत बच्सोचनकाे ट्विटर एकाउन्ट ह्याक भएकाे साेमबार राति ह्याक भएको हाे। पाकिस्तान समर्थित टर्कीको टर्की साइबर आर्मी अयिल्दिज टिमले यसको जिम्बेवारी लिएको छ। अमिताभको ट्विटर एकाउन्टबाट टर्की र पाकिस्तानसँग सम्बन्धित सन्देश पोष्ट गरिएको छ।
अहिले भने अमिताभको ट्विटर एकाउन्ट रिकभर गरेर ह्याकरले राखेका सामग्री हटाइएको बीबीसीले जनाएको छ ।




लाेकपाटी न्यूज

